कान्तिपुर एफ.एम समाचार प्रमुख बिहन

काठमाडौं । म्यानेजर, समाचार प्रमुख र प्रशासन प्रमुखको कुर्सी खाली छ । खालीरहेको लेखापाल पदमा भने व्यवस्थापनले पत्रिकाबाट लगेर पदपूर्ति गरेको छ । हिले व्यवस्थापनले नै त्यहाँ गएर नजानिदो पारामा हस्तक्षेप गर्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।

अरु हाकिम बाहिरबाट ल्याउन तयारी गरिएपनि समाचार प्रमुखमा भने भित्रैबाट राख्नु पर्ने पत्रकारहरुले दवाव दिएका छन् । त्यहा कार्यरत पत्रकारहरु मध्येबाट समाचार प्रमुख बन्न आ-आफ्नो पक्षमा माहोल बनाउने क्रम तिव्र बनेको छ । त्यहाँ कार्यरत पत्रकारहरु मध्ये सिनियारिटीका आधारमा पवन आचार्य पहिलो नम्वरमा छन् ।

उनलाई अहिले कार्यबाहकको जिम्मेवारी दिइएको छ । तर समाचार प्रमुख बन्नका लागि उनीसंगै अर्का पत्रकार मधुसुदन पन्थी पनि लागि परेका छन् । समाचार प्रमुख बन्नका लागि त्यहाँ दुई लाइन सुरु भएको छ ।

एक लाईन लोकतान्त्रिक र अर्को कम्युनिष्ट । लोकतान्त्रिकको नेतृत्व आचार्यले गरेका छन् भने कम्युनिष्टको नेतृत्व पन्थीले । पव्लिकेशनमा पनि दुई तिर सपोट गर्ने अवस्था देखिएको छ । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा पन्थिलाई बनाउन चाहन्छन भने व्यवस्थापन आचार्यलाई बनाउन चाहन्छन् ।

दोस्रो वरियताका पन्थी सवैसंग मिल्न सिपालु छन् भने आचार्यसंग संस्थालाई चलाउन हुनुपर्ने गुण रहेको त्यहाँ कार्यरत कर्मचारी पत्रकारहरु बताउछन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.