नागरिक देनिकमा ६ जना पत्रकारहरुको जागिर चट

काठमाडौं । रिपव्लिक मिडिया प्रा.ली.ले प्रकाशन गर्दै आएको नागरिक दैनिकबाट ६ पत्रकार निकालिएका छन् ।

गत माघ २९ बाट ६ पत्रकारलाई निकालिएको हो ।

सो दैनिकका प्रधानसम्पादक किशोर नेपालले कम्पनीसंगको कन्ट्याक सकिएको भन्दै उनीहरुको जागिर खाइदिएका हुन ।

जागिर जाने पत्रकारहरुमा मनोज दाहाल, नविन अर्याल, चंकी श्रेष्ठ, श्याम भट्ट, माधव ढुंगेल, गोविन्द परियार छन् ।

जागिर जाने पत्रकारहरुले सूचना विभागमा उजुरी दिएका छन् ।

सूचना विभागमा बोलाएको व्यवस्थापन संगको बैठकमा प्रधानसम्पादक नेपालले आफुहरुले कार्यालयमै बैठक गरेर कुरा मिलाउने भनेपनि कार्यालयमा आएर जागिर थाम्न नसकिने बताएको जागिर जाने एक पत्रकारले जानकारी दिए ।

यसअघि नेपाल प्रधानसम्पादक भएर आएपछि उनको विभागमा गोविन्द अधिकारी र वुद्धिसागर चपाई परिसकेका छन् भने नेपाल सम्पादक भएर छिरेपछि काम गर्ने बातावरण नभएर समाचार सम्पादक सुदिप श्रेष्ठ र प्रमुख समाचारदाता किरण भण्डारीले पनि जागिर छोडिसकेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.