प्रेस स्वतन्त्रतामा ब्यार्गेनिङ्ग !

एनेकपा माओवादी माघ १६ गते सम्पन्न जिल्ला सम्मेलनमा सिर्जित अबस्थाले काभ्रेली पत्रकारिता क्षेत्रमा ध्रुविकरण आउने त हैन भन्ने प्रश्न उब्जिएको छ । यसलाई काभ्रेली पत्रकारहरुको छाता संगठन र त्यसको नेतृत्वमा रहेका पदाधिकारीहरुको पार्टी भक्ति प्रमुख कारकका रुपमा प्रमाणित भैसकेको उहाँहरुका अभिब्यक्तिहरुले समेत सावित गराइसकेको छ । सत्य तथ्य र निष्पक्ष समाचार संप्रेशण गरेर आम पाठकमाझ लोकप्रिय बन्नुपर्ने सञ्चारकर्मीले आफ्नो धर्म कर्म र मर्मलाई छोडेर दलका एजेन्ट बनेर प्रस्तुतहुनुले सञ्चारकर्मीको साखःगिराएको छ ।

हनु त काभमा रहको कही पत्रकारका गतिविधिलाई हेर्ने हो भने पत्रकार भन्नसमेत इमान्दार र स्वाभिमानका लागि लाज लाग्ने भैसकेको विद्यमान अबस्था छ । यस्तो अराजकता नै सञ्चारका सवंहकबाट नै हदँ समते पत्रकार महासंघले त्यसका बारेमा स्पष्ट धारणा सावर्ज निक गर्नुत कता हो कता सामान्य समस्यालाई अतिरञ्जित गराएर कुनै दलको आन्दोलनलाई समर्थन हुने खालका कार्यक्रम सार्वजनिक गर्नुले दलहरुका पिच्छेलगुवा सावित गराईदिएको छ । सञ्चारकर्मी र सञ्चार माध्यममाथि यो वा त्यो नाममा भएका हत्या तोडफोड निष्फिक्री भएर समाचार प्रशारण प्रकाशनगर्न समेत उत्पन्न भएका अराजकताका बिरुद्धमा आन्दोलित हुनुपर्ने महासंघले प्रष्ट आफ्ना धारणा सार्वजनिक गरेर सबै पत्रकार सबैखाले बिचारलाई एककट्ठा गराएर जान नसक्दा माघ १६ गते दुखःद र पीडादायी घटना सञ्चारकर्मीले भोग्नुप¥यो ।

पत्रकार महासंघको कार्यालयमा सरकार विरोधी गतिविधि कालोझण्डा कालो जाकेट वा टिसर्ट लगाएर एक पार्टीको अधिवेशनमा पत्रकारहरु पार्टीको कार्यकर्ताका दुत रुपमा छिर्ने गरि तयार भै जानु वा पठाइनुले समेत काभ्रेको पत्रकारितालाई आम पाठक र बिश्लेषकले दुर्भाग्यका रुपमा टिप्पणी गरिनुलाई सजग मान्न सकिन्न । बहुदलीय ब्यबस्थामा दलगत रुपमा आफ्ना बिचार अभिब्यक्ति राख्ने, बिरोध आन्दोलन गर्न पाउने स्वतन्त्रता छ तर त्यसले पार्ने दुरगामी असरलाई समेत ख्याल गर्नुपर्नेमा पत्रकार महासंघ काभ्रेका पदाधिकारीर पत्रकारले अधिवेशन स्थलमा दुब्र्यबहारको सामनागर्नु प¥यो । यो अबस्थाको श्रृजना महासंघ काभ्रेको कार्यालयबाट नै निस्किएकोमा युनियन र चौतारीका महासंघमा प्रतिनिधि रहेका पत्रकारले स्वीकार समेत गरिसकेका छन । यसरी एउटा जिम्मेवार संस्थाले विना निर्णय विना जानकारी तत्काल आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा घाटा पत्रकारलाई नै भयो ख्याल गर्नुपर्ने हो भने हामीले निर्णय गरि नसक्दै केही साथीहरु अधिवेशन स्थलमा कालो टिसर्ट लगाएर गए हाम्रो विरोध गर्ने कार्यक्रम बनेपाको तीन दोबाटो क्षेत्र मात्रै रहेको थियो तर साथीहरु कालो टिसर्ट लगाएर अधिवेशनस्थल पुगेछन । त्यहाँ केही साथीहरुलाई दुब्र्यबहार भएछ केही घाइते समेत देखिए उपचार भैरहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.