काठमाडौं। अधिवेशन भएको एक महिना नबित्दै मधेशी पत्रकार समाज विभाजित भएको छ। समाजमा मोहनकुमार सिंह नै पुनः अध्यक्षमा निर्वाचित भएपछि कुमार विवेकानन्द मिश्रको नेतृत्वमा मधेशी पत्रकार संघ गठन गरिएको छ। अहिले समाज र संघका पदाधिकारीहरू मधेशी पत्रकारहरू तानातान गर्ने होडमा लागेका छन्। समाजका अध्यक्ष सिंह पत्रकार नै होइनन् भन्दै मिश्रको अध्यक्षतामा विभाजित भएको संघमा पंकज दास उपाध्यक्ष र सुरेश यादव सचिव छन्। कोषाध्यक्ष प्रियंका पाण्डे र सदस्यहरूमा अमरेन्द्र यादव, राजेश वर्मा, सीमा श्रीवास्तव रहेका छन्। गोरखापत्रका प्रबन्ध सम्पादक सीताराम अग्रहरि र कान्तिपुर दैनिकका पत्रकार दिनेश यादव संघतिर लागेका छन्। संघलाई नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवको समेत सहानुभूति रहेको बताइन्छ। संघका सचिव सुरेश यादव क्रान्तिकारी पत्रकार संघ गोरखापत्र शाखाका अध्यक्ष हुन्। समाजले मधेशी पत्रकारहरूबीच रहेका माओवादी कार्यकर्ताहरू अलग भएको बताएको छ। केही माओवादीहरूको लगानी र चलखेलका कारण मधेशी मूलका माओवादी पत्रकारहरू संगठित भएको भनाइ समाजका एक पदाधिकारीको छ। समाजका ती पदाधिकारीले मधेशवादी कित्ताका सञ्चारमन्त्री हुँदा चरम मधेशवादी बनेर अवसर प्राप्त गरेका अधिकांश माओवादी पत्रकारहरूले समाज विभाजन गरी अर्को संगठन खोलेको आरोप लगाए। ती पदाधिकारीले भने– मधेशी पत्रकारहरू एकातिर छन्, मधेशवादी पत्रकारहरू अर्कातिर भएका छन्। मधेशी मूलका पत्रकार र मधेशवादी पत्रकारमा फरक छ। फाटो यहीनेर छ। फुटाउनेहरू मधेशी मूलका मात्र हुन्, मधेशवादी होइनन्।’नेपाल टेलिभिजनमा कार्यरत पत्रकार मोहनकुमार सिंह प्राविधिक भएकाले पत्रकारको नेता हुन नसक्ने भन्दै मिश्रहरूले अलग्गै संघ खोलेको दाबी गर्दैआएका छन्।
नयी ख़बरें
सुमित अवस्थी ने NDTV से दिया इस्तीफा | Media Khabar
लगभग ढाई साल तक NDTV में कंसल्टिंग एडिटर की भूमिका निभाने के बाद वरिष्ठ टीवी पत्रकार सुमित अवस्थी ने चैनल से अलग होने का...





