काठमाडौं । आफ्नो बार्षिक उत्सवमा कम्पनी नाफामा गएको भन्दै पव्लिकेशनमा कार्यरत कर्मचारीलाई बोनस दिदै आएको कान्तिपुर पव्लिकेशनले यस पटक बोनस रकम घटाएको छ । बिसौं बार्षिक उत्सवमा गत बर्ष प्रत्येक कर्मचारीलाई उनीहरुले पाउने तलवको ३७ दिन बरावरको तलव दिएको कान्तिपुर पव्लिकेशन व्यवस्थापनले यसबर्ष २० दिनको मात्र बोनस दिएको छ । सरकारले न्युनतम पारिश्रमिक ऐन लागु गरेपछि तलव बढाउन परेकाले बोनस रकम कम गर्नुपरेको कान्तिपुर पव्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफु निकटस्थ पत्रकारहरुसूग बताउने गरेका छन् । यसैबर्ष रामेश्वर थापाले पनि ६७ करोड लिएर बाहिरिएको र बैकंहरुले पनि ऋण तिर्न तागेता गरेकाले सिरोहिया अफ्ठेरोमा परेको निकट स्रोत बताउछ । थोरै तलव दिएर धेरै भत्ता दिदै आएको कान्तिपुर सरकारको १० हजार आठ तलव नै बनाउनुपर्ने बाद्यकारी निर्णयबाट अफ्ठेरोमा परेको त्यहाू कार्यरत एक पत्रकारले बताए ।
नयी ख़बरें
टाइम्स नाऊ नवभारत पर चक्रव्यूह रचेंगे एंकर सुमित अवस्थी !
देश के अग्रणी न्यूज नेटवर्क्स में शामिल टाइम्स नेटवर्क ने अपने हिंदी चैनल टाइम्स नाउ नवभारत पर एक नए प्राइम-टाइम शो ‘ChakraView–with Sumit Awasthi’...






