तराई टेलिभिजनको हाल बेहाल

काठमाडौं । टेलिभिजन सञ्चालन भए लगत्तै राम्रोसूग आफ्नो प्रभाव देखाउन हम्मे हम्मे परेको तराई टेलिभिजन कम्पनीबाट सञ्चालित टि टिभीमा सञ्चालकहरुको नै टुङ्गो लाग्न नसकेपछि भद्रगोल भएको समाचार अभियान टाइम्सले प्रकासित गरेको छ । टिभीमा नयाँ लगानीकर्ता भित्रिएसूगै प्रविण मिश्र हेड अफ अप्रेशन भएर आएपछि व्यापक विवाद भएको समाचार स्रोतले बताएको छ ।

विवादले चर्को रुप लिएपछि टेलिभिजन नै बन्द हुने हो कि चल्ने हो समस्यामा परेको खवर प्राप्त भएको छ । गुण एयरलाइन्सका मालिकले यस अघि तराई टिभिको जिम्मा लिएपनि खासै उपलब्धी गर्न नसकी दुबैतिर हानिएपछि थप अन्यौल बढेको हो । टिभीको सम्पूर्ण कारोवार वर्डभिजन एडभटाइजिङ कम्पनीका मालिकले लिएपछि टिभीका सेकेण्ड म्यान दिनेश श्रेष्ठ र एडभटाइजिङका मालिक विच समेत किचलो चर्किएपछि त्यहाू कार्यरत पत्रकार र अन्य कर्मचारी अन्यौलमा परेका छन् ।

श्रेष्ठ लगायत शेएर धनीहरुले पवन संघाइलाई मालिकका रुपमा भित्रयाएपछि संघाइले आफ्ना मान्छेलाई शाखा प्रमुख बनाए लगत्तै थप खैलावैला मच्चिएको स्रोतले बतायो । टिभीको सम्पूर्ण जिम्मेवारी प्रविण मिश्र, मार्केटिङमा हरिशंकर झा, प्रशासनमा रोहित झा र एम सिआरको प्रमुखमा दिपक कुस्वाह तथा समाचारको जिम्मेवारी विरेन्द्र केएमलाई दिएपछि शाखा प्रमुख र अरु कर्मचारीबीच मन मुटाव सुरु भएको छ । संघाइले टिभी प्रवेश गर्दा चार करोड रुपैया ल्याएपनि हालसम्म तीन करोड रुपैया सकिएको स्रोतको भनाई छ ।

पैसा पनि खर्च टिभी पनि राम्रो नचलेपछि संघाइ लगायतका हाकीमहरुकै मिलेमतोमा भारतीय नागरिक प्रविण गुप्तालाई भित्रयाएपछि त टिभीको वेहाल जस्तै भएको छ । गुप्ता टिभीमा प्रवेश गरे लगत्तै विराटनगरबासी सुमन डे को नाममा ९० प्रतिशत शेएर चेक मार्फत खरिद गरेका थिए । कलकत्ताका बहुवली नेता तथा मिडिया व्यापारी प्रविण गुप्ताले दिएको चेक हालसम्म पनि नसाटिएपछि टिभीका हाकीमहरु पानी विनाको माछो जस्तै छटपटीमा परेका छन् ।

यता पुराना पत्रकार र कर्मचारीलाई व्यवस्थापनले १० महिनाको तलव बाूकी राख्दै आएको छ । गुप्तासूग रकम असुल गर्न प्रविण मिश्र, दिनेशभक्त श्रेष्ठ, हरिशंकर झाले कलकत्तामा अड्डा जमाएका छन् भने मिश्रले गुप्लासूग मिलेमतो गरी अन्यलाई पछि पार्दै आफ्नो सक्रियता बढाएको स्रोतको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.