नागरिक दैनिकमा नयाँ साहु आउदै,पत्रकारहरुधरापमा

REPUBLIC MEDIA NEPAL

काठमाडौं । आर्थिक रुपमा धरासायी हुँदै गएको नेपाल रिपब्लिक मिडियामा नयाँ सीइओको रुपमा राजु नेपाललाई नियुक्त गर्ने तयारी अन्तिम चरणामा पुगेको छ । नागरिक र रिपब्लिकाको प्रकाशन संस्थाको व्यवस्थापन सम्हाल्न नेपालले दुई हप्ताअघि सिटिजन्स बैंकको जागिर छोडेका थिए। नागरिकको कर्पोरेट कार्यालयमा उनका लागि भनेर अलग्गै कोठा तयार हुँदैछ। एउटा जागिर छाडिसकेको र अर्कोमा सुरु नगरेको फुर्सदमा नेपाल रिफ्रेस हुन हाल इन्डिया भ्रमणमा गएको स्रोतले जानकारी दियो। कुनै बेला कान्तिपुर पब्लिकेसन्सका जागिरे रहेका नेपाललाई नागरिकका पत्रकार तथा मार्केटिङका कर्मचारीले व्यक्तिका रुपमा चिन्छन्। उनीसँगै कान्तिपुरमा काम गरेकाहरू नेपाल घमण्डी भएको सुनाउँछन्। नयाँ सीइओ नेपाल विनोदराज ज्ञवालीलाई साँझ―विहान साथ दिने मित्र रहेको पत्रकार, चर्चा कर्मचारीहरूबीच चल्ने गरेको छ। राजु नेपाल कान्तिपुर फुट्ने समयदेखि नै मालिक ज्ञवालीलाई आँट, ढाडस दिने व्यक्तिका रुपमा रहँदै आएका छन्। ज्ञवालीले उनलाई खुशी पार्न दुई–तीन महिनाअघि नागरिकको प्रेसबाट उनको एउटा पुस्तक नै छापिदिएको बताइन्छ। सुरुदेखि नै रिपब्लिक मिडियाको मुख्य आर्थिक तथा रणनीतिक सल्लाहकार रहेका नेपालले छोरीले बीबीए पढञ्जुलेसम्म रिपब्लिका दैनिकमै पत्रकार बनाएका थिए। एपेक्स कलेजबाट बीबीए सिध्याएपछि छोरी आकांद्दज्ञद्दा हाल अष्ट्रेलियातिर लागेकी छिन्।

यता ७७ जना पत्रकारहरूले प्रेस रजिष्ट्रारको कार्यालयमा स्थायी बनाउने उजुरी दिएसँगै नागरिक कार्यालयमा फेसबुक बन्द गरिएको छ। सिधा काम गर्ने भलाद्मी पत्रकारको समाचार किल गर्ने तर सिभिल मलतिर ह्याङआउटमा जाँदा चुरोट र प्याला समाइदिने कठपुतलीहरूलाई अघि बढाउने ध्येय सम्पादक किशोर नेपालले लिएपछि धारिलो कलम चलाउने पत्रकारहरू असन्तुष्ट थिए। स्थापनाकालदेखि कार्यरत मनोज दाहाल, माधव ढुङ्गेल, गोविन्द परियार, चंकी श्रेष्ठ, श्याम भट्ट र नवीन अर्याललाई हटाउने षड्यन्त्र पूरा भएसँगै सम्पादकले थप ७ जनालाई पाखा लाउनेको सूचि आसेपासेलाई सुनाउन थालेका छन्। मालिक ज्ञवालीका लागि कान्तिपुरको स्थायी जागिर कुर्बानी दिएर नागरिक आएका माधव ढुङ्गेललाई हटाएको विषय अरुभन्दा पेचिलो बनेको छ। अचेल सम्पादक नेपालका सल्लाहकारका रुपमा ऋषिकेश दाहाल र केपी ढुंगानाको नाम त्यहाका पत्रकारहरूले चिया पसलमा पनि लिने गरेका छन्। उनीहरूको सल्लाह सुझावमा हटाउने ६ पत्रकारको सूचि तयार पारिएको चर्चा समेत नागरिकमा हुने गरेको छ। नागरिक सम्पादकमा नेपालको नियुक्ति भएसँगै दाहाल र ढुङ्गानाको चुरीफुरी एकाएक बढेको थियो। त्रिभुवन विश्वविद्यालयका स्थायी शिक ऋषिकेश दाहाल केही समय अघिसम्म युनिभर्सल कलेज, हिमालयन ह्वाइट हाउस कलेज, आरआर क्याम्पसका क्लास भ्याएर थकित मुद्रामा नागरिक छिर्ने गर्थे। विन्टर भेकेसन भएका कारण हिजोआज उनी बिहानको सम्पादकीय मिटिङमै अफिस आइपुग्छन्। यस्तो गर्नुपर्दथ्यो, यो किन भएनरु भन्दै दाहालले वरिष्ठहरूलाई औंला ठड्याएको देख्ने कनिष्टहरू समेत प्रसन्न छैनन्।

यो हर्कतका कारण केही समयअघि मिटिङमै एक जना सिनियरले उनलाई सक्छौ भने आफैँ समाचार लेख नत्र चाकरीका आडमा हाकिम नबन भन्दै भन्दै आवाज उठाएका थिए। त्यसरी आवाज उठाउने पत्रकारको समाचार त्यस लगत्तै डेस्कले रोक्न थालेको थियो भने अहिले उनी हटाइनेको सूचिमा परेका छन्। दुई वर्षअघि बिजनेस ब्युरोमा काम गर्न नसकेपछि दाहाललाई नागरिकन्यूज डट कमका संयोजक उमेश श्रेष्ठले आइटी सिकाउँदै अनलाइनमा सेल्टर दिएका थिए। तर हिजोआज सम्पादकीय मिटिङमा अनलाइन सम्पादक नै मै हुँ झै गरी निर्देशन र टिप्पणी गरेको देख्दा सहकर्मीहरू छक्क पर्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.