नागरिक दैनिक बाट अझै ६ जनाको जागिर चट हुदै

काठमाडौं । फागुन १ मा मात्रै ६ जना पत्रकारलाई अवकाश दिएका रिपव्लिक मिडियाद्धारा सञ्चालित नागरिक दैनिकका प्रधानसम्पादक किशोर नेपालले फेरी अन्य ५ जना पत्रकारलाई फाल्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानसम्पादक नेपालको तारोमा पर्नेहरु नागरिकमा स्थापनाकालदेखिका कार्यरत पत्रकार छन् । तारोमा अहिले अर्थ व्यूरो सम्हालिरहेका बालकृष्ण ज्ञवाली, खेलकुद व्यूरोका अजय फुयाल लगायत रहेको स्रोत बताउछ । उनीहरुलाई पनि हटाएपछि नयाू पत्रकार भित्रायाएर पत्रिकालाई आफ्नो सेटिङ अनुरुप चलाउने नेपालले निकटका पत्रकारहरुलाई बताउने गरेको एक असन्तुष्ट पत्रकारले बताए । कानुन बिटमा रिर्पोटिङ गरिरहेकी विनिता दाहालले जागिर छोडेपछि उनको स्थानमा नेपालगञ्जबाट काठमाडौं आएका दिनेश गौतमलाई जिम्मेवारी दिइएको स्रोतले बतायो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.