एमाले पार्टी पत्रकारिताको चहल पहल

काठमाडौं। प्रेस चौतारी नेपालको फागुन २५ र २६ गते विराटनगर महाधिवेशनका लागि चुनावी सरगर्मी सुरु भएको छ। चुनाव नजिकिंदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ। प्रेस चौतारीमा सहमति कायम गर्न र आवश्यक व्यवस्थापन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बसे पनि कुनै निर्णय हुन सकेन। बैठकमा एमाले केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापा, प्रेस चौतारीका पूर्व अध्यक्षहरू बिजय चालिसे, शम्भु श्रेष्ठ, वर्तमान अध्यक्ष गगन बिष्ट, पूर्व महासचिव प्रमोद दाहाल, प्रचार विभाग सदस्य केशव खनाल लगायतको सहभागिता थियो। बैठकले सहमति सूत्रका रुपमा अहिलेकै अध्यक्ष गगन विष्टलाई दोहोर्यााउने पहिलो प्रस्ताव गरेको थियो। त्यस्तै दोस्रो सूत्र प्रमोद दाहाललाई सर्वसम्मत अध्यक्ष बनाउने रहेकेा छ। यसमा गणेश बस्नेतको पनि नाम आएको थियो। त्यस्तै त्यस्तो प्रस्तावका रुपमा अहिलेका बरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलाई सर्वसम्मत गराउने भनेर ल्याइएको छ भने अहिले अध्यक्षको प्रतिस्पर्धीका रुपमा मैदानमा उत्रिएका राजेन्द्र अर्याल र बिष्णु रिजालबीच सहमति गराउने प्रस्ताव पनि अघि सारिएको छ।

यही सूत्रका आधारमा संयन्त्रले अब छलफल र सहमतिको प्रयास अघि बढाउने भएको छ। तर, मध्यमाञ्चल उपाध्यक्ष राजेन्द्र अर्याल र महासचिव विष्णु रिजाल चुनावी मैदानमा उत्रिसकेकाले सर्वसम्मत हुने सम्भावना अत्यन्तै न्यून छ। वरिष्ठ उपाध्यक्षमा पूर्वान्चल उपाध्यक्ष प्रकाश खतिवडा, पश्चिमान्चल उपाध्यक्ष दुर्गाप्रसाद शर्मा र पूर्व कोषाध्यष बालकुमार नेपालले उम्मेदवारी घोषणा गरेका छन्। चितवनका बिष्णु छिमेकी र दाङका शरद अधिकारीले पनि बरिष्ठ उपाध्यक्ष ताक्न थालेको चर्चा छ। महासचिवमा माधव नेपाल, लक्की चौधरी र रामहरि सिलवाल भिड्दैछन्। सचिवमा उपेन्द्र केसी, राजेश राई, गणेश पाण्डे, टीका विष्ट, रामकुमार एलन, रामकृष्ण शर्मा, बिमला राई, नरेन्द्र साउद, शान्ति गुरुङ लगायतको चर्चा छ। यसैगरी, सुरोजंग पाण्डे र प्रकाश सिलवालले पनि सचिवको आकांक्षा देखाएका छन्। तर, एकपटक केन्द्रीय कमिटिमा नआएको व्यक्ति उम्मेदवार बन्न नपाउनेगरी विधान संशोधन गर्न लागिएकाले केही आकांक्षीले पदाधिकारीमा उम्मेद्वारी दिन नपाउने सम्भावना छ। यसैगरी, विधान संशोधनबाट उपाध्यक्षमा एकजना महिला पनि थपिए अक्षरी पोखरेल र शान्ति गुरुङबीच प्रतिस्पर्धा हुने बताइन्छ। यसैगरी, कोषाध्यक्षमा विश्वमणि सुवेदी र नवराज छतकुलीले उम्मेदवारी घोषणा गरेका छन्। यसैगरी, पूर्वाञ्चल उपाध्यक्षमा कुशलबाबु बस्नेत, माधव बिद्रोही लगायतको चर्चा छ।

यसैगरी, मध्यमाञ्चल उपाध्यक्षमा बीरगन्जका सत्रुघन नेपालको नाम आएको छ। सचिवका आकांक्षी उपेन्द्र केसी पनि मध्यमाञ्चल उपाध्यक्ष लड्ने कि सचिव लड्ने अन्योलमा छन्। पश्चिमाञ्चल उपाध्यक्षमा मुकेश पोखरेल, शेरबहादुर केसी, भरत केसी लगायत लड्ने बताइएको छ। मध्यपश्चिमाञ्चलमा सुरेन्द्र काफ्ले र सुदर्शन रिजाल, सुदूरपश्चिमाञ्चलमा मात्रिका तिमिल्सिना, राजेन्द्र विष्ट र छत्र साउदको चर्चा छ। अञ्चल इन्चार्जहरूमा भने मेचीमा रमेश पोखेरल, खगेन्द्र अधिकारी लगायतका आकांक्षी देखिएका छन्। यसैगरी, कोसीमा लिला भट्टराई, बन्धु पोखरेल, भेषराज कट्टेल लगायतको चर्चा छ। सगरमाथामा भरत खड्का, सइन्द्र राई तथा नारायणीमा हरि पोखरेल आकांक्षी छन्। वर्तमान केन्द्रीय सदस्य केशव अधिकारीले बागमती अञ्चल इन्चार्जमा उम्मेदवारी घोषणा गरेका छन्। बागमतीमा दिनेश थापा, विष्णु तारुके र केदार शिवाकोटी पनि आकांक्षी छन्। उपत्यकामा अमृतनाथ तिमिल्सेना, विष्णु बेल्बासे र गण्डकीमा प्रकाशचन्द्र भट्टराई र श्रीराम सिग्देल, लुम्बिनीमा बिद्रोही गिरी र विकास बन्जाडे, धौलागिरीमा बागलुङका रामेश्वर बोहरा, बागलुङकै गणेश पौडेल र पर्वतका अध्यक्ष गणेश पौडेल, राप्तीमा सूर्यसुमन डांगी, टीका बस्नेत, इश्वरी जिएम लगायतको चर्चा छ। भेरीमा विष्णु शर्मा र बीरबहादुर गिरी, सेतीमा हेमकर्ण बिक लगायतको चर्चा छ। ६ जना खुल्ला केन्द्रीय सदस्यमा ३० जना जति उम्मेदवार हुने भएका छन्। अहिलेसम्म इन्द्र आचार्य, दीपक सापकोटा, दीपेन्द्र खड्का, टेकराज थामी, तीर्थ भण्डारी, सोमनाथ बास्तोला लगायतको चर्चा छ। अञ्चल इन्चार्जका अधिकांश आकांक्षी खुल्लामा भिड्ने देखिएको छ। थामी अल्पसंख्यक जनजाति कोटामा जाने सम्भावना पनि छ। यसपटक विधान संशोधनबाट उपाध्यक्षमा महिला थप्ने, सचिवलाई तीनबाट बढाएर पााच पुर्या उने, अञ्चल अध्यक्ष सहितको कमिटीको व्यवस्था गर्ने लगायतका विषयमा छलफल भइरहेको छ। त्यसका लागि सचिवालय सदस्य श्रीओम श्रेष्ठ संयोजकत्वको विधान संशोधन उपसमितिले आवश्यक छलफल गरिरहेको छ। अहिले जिल्लामा उत्साहजनक ढंगबाट प्रतिनिधि चयन भइरहेको छ। झापा, ताप्लेजुङ, काठमाडौं, दोलखा, नुवाकोट, रुपन्देही, बागलुङ, पर्वत, बर्दिया लगायतका जिल्लामा जिल्लामा सर्वसम्मत रुपमा प्र
निनिधि चयन भइरहेका छन्। काभ्रे र बैतडीमा पनि सदस्यता विवाद देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.