कान्तिपुर टेलिभिजनका पत्रकारहरू कमाउ धन्धामा

काठमाण्डू। नाफ़ामा चलेको र तलब खुवाउन समेत कुनै समस्या नरहेको कान्तिपुर टेलिभिजनका पत्रकारहरूले न्यूज र अन्य प्रोग्रामका नाममा कमाउ धन्धा सुरु गरेको रिपोर्ट यसका संचालक कैलाश सिरोहिया समक्ष पुगेपछि पत्रकारबीच हल्लाखल्ला सुरु भएको समाचार छ।� कान्तिपुर टिभीका पत्रकारहरूबीच चलेको चर्चा अनुसार, पछिल्लो पटक लिली थापा हर्ताकर्ता रहेको मानव अधिकारका लागि महिला भन्ने संस्थाबाट एकल महिला सम्बन्धी कार्यक्रमलाई माध्यम बनाएर केही पत्रकारहरूले खल्ती भरेको कुरा एक्स्पोज भएपछि कान्तिपुरका मालिकहरू छक्क परेका छन्। पछिल्लो घटना अनुसार, २०६९ माघ २६ गते प्रसारण गरिएको बेलायती सांसदको अन्तर्वार्ता केही पत्रकारले रकम असुलेर प्रसारण गरेको पोल खुलेपछि कान्तिपुर टेलिभिजनभित्र अहिले यो विषय टाउको दुखाइ बनेको छ।

 

महंगो पाउण्ड खर्च गरेर अन्तर्वार्ता दिने बेलायती सांसद राजा लुम्ब(च्बवब ीयय्कदब) रहेका छन भने अन्तर्वार्ता लिने चाँजोपाँजो मिलाउने काममा विजय पौडेलले सक्रियता देखाएका थिए। राजा लुम्बसँग भेटेर अन्तर्वार्ता लिने पत्रकार भने प्रतिभा तुलाधर रहेकी थीन्। पत्रकारिता पेशाप्रति इमानदार रहेकी तुलाधरले सहनै नसकेर यो प्रकरण खुलासा गरेकै कारण यो रकम असुली पछिल्लो शृंखलाको सतहमा आएको बताइन्छ। बेलायती सांसद राजा लुम्बको अन्तर्वार्ता लिएबापत केही रकम अफर गरेपछि तुलाधरले आफू निकट मित्रहरूलाई रुँदै यो कुरा शेयर गरेकी थीन्। यसपछि कान्तिपुर टेलिभिजनभित्र समाचार लगायत अन्तर्वार्तामा असुली धन्धा गर्ने गरेको गुनासोका बारेमा ब्यवस्थापनले छानबिन गरेर सत्यतथ्य पत्तो लगाउने कोसिस गरेको स्रोतले जनाएको छ।

समाचार प्रमुख तीर्थ कोइराला, विजय पौडेल, अर्जुन खड्का, सुरेन्द्र पाण्डे लगायतलाई शंकाको घेरामा राखेर सत्यतथ्य पत्तो लगाउन सल्लाहकार सम्पादक विजयकुमार पाण्डे र भूषण दाहालको टीमलाई गोप्य रुपमा छानबिनको जिम्मा दीएको कान्तिपुरको कफीसपमा पत्रकारबीच चर्चा चल्नेे गरेको छ। नगद असुलीका बारेमा छानबिन समेत सुरु भएको कुरा ब्यवस्थापनबाट थाहा भएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.