‘कान्तिपुर’को ठगी धन्धा

kantipur-काठमाडौं – अब्बल दर्जाको पत्रकारिता गरेको दाबी गर्ने कान्तिपुरले हाल संचालन गरिरहेको ग्राहक अभियानमा बदमासी गरेको छ । सुन र चाँदी दिन्छु भन्दै गा्रहक अभियान चलाइरहेको कान्तिपुर दैनिकले ग्राहकहरुलाई बेवकुफ बनाइ ठग्ने गरेको पुष्टि उसकै सूचनाबाट भएको छ ।

जेठ १६ गते प्रकाशित कान्तिपुर दैनिकको पुष्ठ ९ मा कान्तिपुरले ‘दोस्रो महिनाको २० तोला सुन जित्ने अन्तिम दिन’ भन्दै आफ्नै विज्ञापन छापेको थियो । ग्राहक अभियान दोस्रो महिनाभित्र ग्राहक बनेकाहरु दोस्रो महिना २० तोला कसले जित्यो होला भनेर पर्खिरहेका बेला आज जेठ २८ गते (मंगलबार) सोही खालको विज्ञापन प्रकाशित गरी ‘दोस्रो महिनाको २० तोला सुन जित्ने अन्तिम दिन’ भनेर प्रकाशित गरेको छ । कान्तिपुरले जेठ १६ अघि आज यति दिन बाँकी, आज उति दिन बाँकी भनेर ग्राहकलाई लोभ्याएको थियो ।

यसरी जेठ १६ मै अन्तिम दिन भनेको कान्तिपुरले कबोल गरेबमोजिम विजेता गा्रहक छनौट गर्नुपर्नेमा उल्टै १२ दिनपछि फेरि अन्तिम दिन भनेर ग्राहकलाई सिधै ठगेको छ । सार्वजनिक रुपमा सूचना दिएर ढाँट्ने कान्तिपुरले ग्राहक अभियानका नाममा भित्रभित्रै कति बदमासी गरेको होला, यसबाट नै अनुमान गर्न सकिन्छ ।

कान्तिपुर दैनिकमा जेठ १६ र २८ गते प्रकाशित विज्ञापनहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.