अनलाइन मिडियाहरु ध्वस्त हुदै

काठमाडौं । राजधानीमा मःम पसल जस्तै गरि संचालन भएका अनलाइन मिडियाहरु नियमित रुपमा समाचार संप्रेषण गर्न सकेका छैनन् । राज्यले अनलाइन मिडियालाई कुनै किसिमको सहयोग गर्ने नीति नल्याएका कारण मिडियाहरुले नियमितता दिन नसकेका हुन् । अन्र्तराष्ट्रिय रुपमा विज्ञापन दिदै आएको गुगल एडले समेत रकम दिन छाडेपछि अनलाइन मिडियाहरु ध्वस्त हुदै गएका छन् ।

नियमित रुपमा संचालनमा आएका ईकान्तिपुर डट कम, नागरिकन्युज डट कम, नेपालन्युज डट कम, अनलाइनखबर डट कम लगायतका केही अनलाइनखबर बाहेक केही अनलाइन खबरहरु बन्द भइसकेका छन् भने कतिपय समाचार साइटहरु बन्द हुने लाइनमा बसेका छन् ।

ठुलै तामझामका साथ देशैभरि नेटवर्क फैलाएको प्रवासीनेपाली डट कम केही महिना देखि बन्द छ । त्यसो त अनलाइन मिडियामा ठुलै प्रतिस्पर्धा गर्ने भन्दै संचालनमा ल्याएको शिखरन्युज डट कम, अनलाइनअखबार डट कम समेतले नियमितता पाउन सकेन् ।

यसैगरि मधेसी क्षेत्रमा राम्रो स्थान बनाइ सकेको एनएम खबर डट कम , ईमधेस डट कमको पनि उपस्थीति दह्रो देखिएन् । उता हिमाल मिडियाले साप्ताहिक शुरु गर्ने क्रममा एक दर्जन पत्रकारलाई प्रवेश दिएको छ त्यसै गरि नयाँ पत्रिका दैनिकबाट पत्रकार नेत्र तामाङले विदावारी लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.